आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीले फेला पार्‍यो आधुनिक हतियार, आशंका विप्लवमाथि

प्रहरीले फेला पार्‍यो आधुनिक हतियार, आशंका विप्लवमाथि

जिल्ला प्रहरी कार्यालय दाङले बेवारिसे अवस्थामा रहेका ५ थान एसएमजी(सट मेसिनगन) बरामद गरेको छ।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

दाङ - जिल्ला प्रहरी कार्यालय दाङले बेवारिसे अवस्थामा रहेका ५ थान एसएमजी(सट मेसिनगन) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सटमेसिनगनको साथमा त्यसमा लाग्ने १३ थान म्याग्जिन र ३ सय ९० थान गोलीसमेत बरामद भएको छ।

उक्त हतियार दाङ र कपिलवस्तुको सीमामा रहेको जंगलमा खाली गोठबाट सुटकेसमा लुकाई राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकप्रसाद भट्टराईले जानकारी दिए। हतियार कसले लुकाई राखेको हो भन्ने एकिन नभएपनि नेत्र बिक्रम चन्द बिप्लव समूहले हतियार ओसारपसार गर्दैछ भन्ने सूचनाका आधारमा सर्च गर्दा भेटिएको भट्टराईले बताए।

उक्त हतियार दाङको गडवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमामा शुक्रबार बेलुकी फेला पारेको प्रहरीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

प्रकाशित: Nov 16, 2019| 05:08 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।