शुक्रबार, साउन १, २०८३

एसीसी इमर्जिङ एसिया कप : नेपाल ७ विकेटले पराजित

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं - बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो।

भारतका लागि सानविर सिंहले सर्वाधिक ५६ रन बनाए। यस्तै अर्मान जेफरले अविजित ५१ तथा वेलुर रवि सराथले ४९ रन बनाए। नेपालका करन केसी, ललित नारायण राजवंशी र सुसन भारीले समान एक/एक विकेट लिए।

बलियो भारतको यू-२३ टिमसँग नेपाल ब्याटिङ तथा बलिङ दुबैमा कमजोर देखियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९३ रन जोडेको थियो। खराब सुरुवात गरेको नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि शरद भेषवाकर र कुशल भुर्तेलले ५४ रनको साझेदारी गरेका थिए। शरद ४४ तथा कुशल २८ रनमा आउट भए। नेपालका पवन सर्राफले सर्वाधिक ५६ रन बनाए। उनले ७ चौका र २ छक्का प्रहार गरे। यस्तै दिपेन्द्रसिंह ऐरीले २४ तथा करण केसीले २० रन बनाए।

टी–टेन प्रतियोगिता खेल्न यूएई गएका कारण पूर्व कप्तान पारस र सन्दीप भने नेपाली टिममा छैनन्।

प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ सहभागी छन्। नेपाल रहेको समूह बीमा भारत, बंगलादेश र हङकङ रहेका छन्।

प्रकाशित: Nov 14, 2019| 09:56 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।