शुक्रबार, साउन १, २०८३

एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

बंगलादेशमा ढाकामा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं- बंगलादेशमा ढाकामा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.१ ओभरमा ३ विकेट गुमाएर ५८ रन जोडेको छ। नेपालले पहिलो विकेटका रूपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। सौरभ दुवेको बलमा उनी खाता नखोली आउट भए। यस्तै, कुशल भुर्तेल २८ र आरिफ शेख २ रन जोडेका छन्।

नेपालका लागि शरद भेषवाकरले २३ रनमा खेलिरहेका छन्। दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेका छैनन्।

भारतका लागि पर्थ रेखाडेले दुई विकेट लिए।

नेपाली टिम ज्ञानेन्द्र मल्लको नेतृत्वमा छ भने भारतीय टिमको नेतृत्व बीआर सरथले गरेका छन्। प्रतियोगितामा भारतले उमेर समूहको टिम मैदान उतारेको हो।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ सहभागी छन्।

५०-५० ओभरमा खेलाइने प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘बी’मा रहेको नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन्। समूह ‘ए’मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान छन्।

प्रतियोगिताअन्तर्गत नेपालले आगामी शनिबार (नोभेम्बर १६) हङकङसँग र सोमबार (नोभेम्बर १८)मा बंगलादेशसँग खेल्ने छ।

प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो।

प्रकाशित: Nov 14, 2019| 04:32 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।