शुक्रबार, साउन १, २०८३

अपराजित रहँदै नेपाल फाइनलमा

लिग चरणका सम्पूर्ण खेल जित्दै नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं - लिग चरणका सम्पूर्ण खेल जित्दै नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।

लिग चरणको अन्तिम खेलमा बुधबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। माल्दिभ्स पनि लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको छ। नेपालले माल्दिभ्सलाई २५-१४, २५-६ र २५-१३ को सेटमा पराजित गर्‍यो।

यससँगै शिर्ष दुईमा रहेका नेपाल र माल्दिभ्सले नै पुन: उपाधिका लागि भिड्नेछन्।

यसअघि नेपालले अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई पनि सोझो सेटमै पराजित गरेको थियो। नेपाल एक खेल अघि नै मंगलबार फाइनल प्रवेश गरिसकेको थियो।

प्रकाशित: Nov 13, 2019| 08:15 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।