शुक्रबार, साउन १, २०८३

एमएस एकेडेमीलाई क्रिकेट उपाधि

सुर्खेतमा भएको मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकेडेमीको पोल्टामा परेको छ ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६


सुर्खेत - सुर्खेतमा भएको मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकेडेमीको पोल्टामा परेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो एवम् अन्तिम खेलमा आयोजक एमएस एकेडेमी ५१ रनले उपाधि हात पारेको हो।

टस जितेर ब्याटिङ गरेको एमएसले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९६ रनको विशाल लक्ष्य बनाएको थियो।
एमएसका लागि रवीन्द्रजंग शाहीले ४३ बलमा विस्फोटक ब्याटिङ गर्दै ८९ रन प्रहार गरे।

अर्का ब्याट्सम्यान भविन सारु मगरले ३८ बलमा अर्धशतकीय पारी खेल्दै ५० रन पूरा गरे भने मोहन जिसीले १५ रन थपे। बलिङ गर्ने क्रममा महाभद्रकाली क्रिकेट क्लव दाङका बलर जम्बो मगर र राजेन्द्र शाहीले समान १/१ विकेट लिए भने अन्य बलरले सफलता हात पार्न सकेनन्।

यस्तै लक्ष्य पछ्याउने क्रममा महाभद्रकाली क्रिकेट क्लव १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४४ रन मात्र जोड्यो। महाभद्रकालीका ब्याट्सम्यान रिक्की शाहीले विस्फोटक इनिङ खेले लक्ष्यमा पुर्याउन सकेनन्। उनले १३ बलमा सर्वाधिक ४१ रन प्रहार गरे भने दिवान पुन मगरले २७ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोडेनन्।

सस्तैमा समेट्ने क्रममा एमएसका लोकेशजंग हमाल, जनक भण्डारी, प्रज्वल सिंजाली, मोहन जिसी र भरत बुढा सबै बलरले समान २/२ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याच रवीन्द्रजंग शाही भएका हुन्।

प्रकाशित: Nov 13, 2019| 04:52 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।