शुक्रबार, साउन १, २०८३

नेपाल एभिसी च्याम्पियनसिपको फाइनलमा

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले प्रतिष्पर्धा गर्ने भएको छ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं - बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले प्रतिष्पर्धा गर्ने भएको छ। मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनल प्रवेश गरेको हो।

नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले पराजित गर्‍यो। आजको खेलमा नेपालकी सुनिता खड्का वुमन अफ दि म्याच घोषित भइन्। यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।

नेपाल यो जितसँगै ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। नेपालले समूहको अन्तिम खेलमा बुधबार दोस्रो स्थानमा रहेको माल्दिभ्सको सामना गर्ने छ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान गरी पाँच टिम सहभागी छन्।

समूहका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Nov 12, 2019| 11:59 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।