आइतबार, साउन ३१, २०८३

भारतः बेहुलाको ‘नागिन डान्स’ देखेपछि बेहुलीले विवाह तोडिन्

उत्तरप्रदेशको लखिमपुर खिरीमा ‘नागिन डान्स’ का कारण बेहुली लिन गएको जन्ती रित्तै फिर्ता हुनु परेको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

भारत- उत्तरप्रदेशको लखिमपुर खिरीमा ‘नागिन डान्स’ का कारण बेहुली लिन गएको जन्ती रित्तै फिर्ता हुनु परेको छ।

लखिमपुरको मेलानी क्षेत्रमा आयोजित विवाहमा बेहुलाले गरेको ‘नागिन डान्स’ बेहुलीलाई यती भद्दा र असभ्य लागेछ कि, उनले उक्त विवाह नै रद्द गर्ने निर्णय गर्न पुगिन्।

भारतीय सञ्चारमाध्यमहरुमा बताइए अनुसार बेहुला रक्सीको नसामा लठ्ठ थिए। शुरुमा त बेहुलाले ‘नागिन डान्स’ का कारण स्वयम्बरको कार्यक्रममा ढिलाई गरे।

बारम्बार बोलाउन पुगेको बेहुली पक्षमाथि उनले दुव्र्यवहार पनि गरे। त्यसपछि बेहुलीलाई माला लगाइदिए लगत्तै बेहुला फेरि डान्स फ्लोरमा पुगेर ‘नागिन डान्स’ देखाउन थालिहाले।

बेहुलाको यो हर्कतका कारण बेहुलीले उनीसँग विवाह गर्न अस्वीकार गरिदिइन्। विवाद बढ्दै जाँदा प्रहरी आइपुग्यो। प्रहरीको रोहबरमा बेहुला पक्षले प्राप्त गरेका सबै उपहार र भएको खर्च बेहुली पक्षलाई फिर्ता गर्नुपर्ने सम्झौता भयो।

बेहुलीका परिवारले उनको यो फैसलाको समर्थन गरेका छन्। भारतमा ‘नागिन डान्स’ का कारण विवाह हुन नसकेको यो पहिलो घटना होइन। केही अघि मात्रै उत्तर प्रदेशको शाहजहांपुरमा यस्तै घटना भएको थियो।

प्रकाशित: Nov 11, 2019| 13:25 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।