शुक्रबार, साउन १, २०८३

'साग' खेल्ने फुटबल टोलीको घोषणा

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुल(साग) मा सहभागी हुने यू-२३ नेपाली फुटबल टोलीको घोषणा गरिएको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं - नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुल(साग) मा सहभागी हुने यू-२३ नेपाली फुटबल टोलीको घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार घोषणा गरिएको टोलीबारे जानकारी गराएको छ। टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन्। टिममा नेपालका ३ सिनियर खेलाडीहरु बिकेश कुथु,बिक्रम लामा र सुजल श्रेष्ठ पनि समावेश छन्।

प्रशिक्षक महर्जनले नेपाली टोलीले लामो समयदेखि सागका लागि तयारी गरिरहेकोले सकरात्मक नतिजा आउनेमा विश्वास व्यक्त गरे। उनले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको बताए।

सागका लागि नेपाली टिम

गोलकिपर : विकेश कुथु,अर्पण कार्की र दिप कार्की

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्छेन तामाङ र छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा,शेसेहाङ अम्दाङ्बे र तेज तामाङ

फरवार्ड : विमल घर्ती मगर,अभिशेक रिजाल,रेजिन सुब्बा र अन्जन बिष्ट

प्रकाशित: Nov 11, 2019| 13:13 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।