शुक्रबार, साउन १, २०८३

कुवेतविरुद्धको खेल भुटानमै हुने पक्का

विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेल भुटानमै हुने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको विज्ञप्तिमार्फत जनाएको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं - विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेल भुटानमै हुने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको विज्ञप्तिमार्फत जनाएको छ।

दशरथ रंगशालाको मैदान खेल संचालन गर्नका लागि पूर्ण रुपमा तयार नभएपछि एएफसीका प्रतिनिधिले खेल न्यूट्रल भेन्यूमा सार्न निर्देशन दिएका थिए। त्यसपछि नेपालले भुटानको चाङलिमिथाङ मैदानलाई खेलका लागि प्रस्ताव गरेको थियो। जसलाई एएफसीले स्वीकार गरे पनि कुवेतले भुटानमा खेल्न अस्वीकार गरेपछि थप अन्यौलता बढेको थियो।

नेपालको सिफारिसमा एएफसीले स्वीकृति जनाएपछि अब भने खेल भुटानमा हुने पक्का भएको हो।

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौथो स्थानमा छ। यसअघि कुवेतसँग नेपाल ७-० ले पराजित भएको थियो।

Image may contain: text

प्रकाशित: Nov 11, 2019| 07:55 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।