शुक्रबार, साउन १, २०८३

मेयर कप टेबल टेनिस : वडा ७ र १९ फाइनलमा

दोस्रो मेयर कप टेबल टेनिस च्याम्पियनसिपमा टिम इभेन्टतर्फ वडा नं ७ र १९ फाइनलमा पुगेका छन्।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

ललितपुर- ललितपुरमा दोस्रो मेयर कप टेबल टेनिस च्याम्पियनसिपमा टिम इभेन्टतर्फ वडा नं ७ र १९ फाइनलमा पुगेका छन्।

यस्तै महिलातर्फ तृषा महर्जन (वडा नं. ७) र इभाना थापामगर (वडा नं.९) फाइनमा पुगेको आयोजकले जनाएको छ। यू १६ तर्फ वडा नं. ७ का रुबिन मजर्हन र ७ कै एलिना महर्जन फाइनलमा पुगेका छन्।

ललितपुर जिल्ला टेबल टेनिस संघ र ईटील्हान युथको संयुक्त आयोजनामा नागबहाल ललितपुरमा प्रतियोगिता भइरहेको छ। प्रतियोगितामा १२ समूहमा प्रतिस्पर्धा भइरहेको छ।

विजेताले रनिङ सिल्ड, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

खेलहरू अन्तर्राष्ट्रिय टेबल टेनिस संघ र राष्ट्रिय टेबल टेनिस संघको नियमानुसार खेलाइएको आयोजकले जनाएको छ। यसलाई ललितपुरमा हुने जिल्लास्तरीय खेलकुदमध्ये ठूलो प्रतियोगिता मानिएको छ ।

प्रतियोगिता कात्तिक ३० सम्म सञ्चालन हुनेछ।

 

 

प्रकाशित: Nov 11, 2019| 07:01 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।