बुधबार, चैत ११, २०८२

आठौं एलआरआई विद्यालय फुटसल तथा बास्केटबल प्रतियोगिता सुरु

आठौं एलआरआई विद्यालय फुटसल तथा बास्केटबल प्रतियोगिता आइतबार सुरु भएको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं– आठौं एलआरआई विद्यालय फुटसल तथा बास्केटबल प्रतियोगिता आइतबार सुरु भएको छ।

National life

प्रतियोगिताको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख निर्मला केसीले उद्घाटन गरिन्।

उनले विद्यार्थीको शैक्षिक, शारीरिक तथा मानसिक विकासका लागि यस्ता प्रतियोगिताले सकारात्मक प्रेरणा मिल्ने बताइन्।

विद्यालयका संस्थापक गुठीयार शिवराज पन्तले विद्यार्थीलाई अन्तर्राष्ट्रिय तहको शिक्षा दिन लागिपरेको बताए। शिक्षालाई व्यवसायिक, सीपयुक्त, जीवनपयोगी बनाउन विभिन्न माध्यमबाट प्रयास गरिरहेको उनको भनाइ छ।

विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले विद्यार्थीलाई पाठ्यक्रमका साथै अतिरिक्त क्रियाकलाप, नृत्य, संगीत, खेलकुदलगायत प्रशिक्षण दिँदै आएको जानकारी दिए।

Laxmi sunrise bank
kumari

उद्घाटन खेलमा एलआरआई विजयी

छात्रातर्फको बास्केटबलको उद्घाटन खेलमा एलआरआई विजयी भएको छ। एलआरआईले ग्यालेक्सी पब्लिक स्कुललाई २३–१० को अन्तरले पराजित गरेको हो।

यस्तै, ज्ञानोदय बालबाटिकाले गेट वे स्कुललाई २३–२ र एक्सेलसियरले ज्ञानोदयलाई ३६–१५को अन्तरले पराजित गरेको छ।

छात्रतर्फको बास्केटबलमा रेडियण्ट स्कुलले एलआरआईलाई ५१–४० र ओसिस स्कुलले गेट वेलाई ४०–२४ ले पराजित गरेको छ।

एलआरआईको खेल मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक ३० गतेसम्म चल्नेछ।

प्रकाशित: Nov 10, 2019| 13:04 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।