शुक्रबार, साउन १, २०८३

एमसीसीसँग नेपालको फराकिलो हार

नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं- नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको टी–२० खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको हो।

एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा ७६ रनमै अलआउट भयो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो। एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै, एड योङले ४२ रन तथा एलेक्स थमप्सन अभिजित २० रन जोडे।

नेपालका राशिद खानले तीन विकेट लिए। यस्तै, कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनास बोहोरा र सुशन भारीले समान एक विकेट चट्काए।

नेपाल भ्रमणमा आएको एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय (फस्ट क्लास) क्रिकेट खेलेको थियो । जसमध्ये तीन दिवसीयमा नेपाल २ सय ८ रनले पराजित हुँदा एकदिवसीयमा ५ विकेटले विजयी भएको थियो।

यस्तै, नेपाली यु–१९ क्रिकेट टिमसँग एमसीसीले ३८ रनको जित निकालेको थियो।

प्रकाशित: Nov 09, 2019| 08:17 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।