बुधबार, चैत ११, २०८२

मलान र मोर्गानको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड विजयी

न्यूजिल्याण्डविरुद्धको टी-२० शृंखला इंग्ल्याण्डले २–२ को बराबरीमा ल्याएको छ। पाँच खेलको शृंखला अन्तर्गत शुक्रबार सम्पन्न चौथो टी-२० खेलमा न्यूजिल्याण्डलाई ७६ रनले पराजित गर्दै इंग्ल्याण्डले शृंखला बराबरीमा ल्याइपुर्‍याएको हो।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं - न्यूजिल्याण्डविरुद्धको टी-२० शृंखला इंग्ल्याण्डले २–२ को बराबरीमा ल्याएको छ। पाँच खेलको शृंखला अन्तर्गत शुक्रबार सम्पन्न चौथो टी-२० खेलमा न्यूजिल्याण्डलाई ७६ रनले पराजित गर्दै इंग्ल्याण्डले शृंखला बराबरीमा ल्याइपुर्‍याएको हो।

National life

जितका लागि २ सय ४२ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १६ दशमलव ५ ओभरमा १६५ रनमा समेटिन पुग्यो। न्यूजिल्याण्डका लागि कप्तान टिम साउदीले सर्वाधिक ३९ रन बनाए। उनले १५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै कोलिन मुन्‍रोले ३० तथा मार्टिन गप्टिलले २७ रन बनाउनु वाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। न्यूजिल्याण्डका पाँच खेलाडी दोहोरो अंकसमेत छुन नसकी पेवेलियन फर्केका थिए। इंग्ल्याण्डका म्यान पार्किन्सनले ४ तथा क्रिस जोर्डनले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले विस्फोटक ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २ सय ४१ रन जोडेको थियो। इंग्ल्याण्डका डेविड मलान र कप्तान इओन मोर्गानले उत्कृष्ट पारी खेलेपछि एक खेल अघि शृंखलामाथि कब्जा जमाउने न्यूजिल्याण्डको सपना असम्भव जस्तै बन्न पुगेको थियो। मलानले अविजित रहँदै शतकीय पारी खेले। उनले ५१ बलमा १०३ रन जोडे। मलानले ९ चौका र ६ छक्का प्रहार गरे। यो स्कोरसँगै उनी इंग्ल्याण्डकालागि सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन्। यस्तै मोर्गानले ९१ रन बनाए। ४१ बलको सामना गरेका उनले ७ चौका र ७ छक्का प्रहार गरे। टम बेन्टनले ३१ रन बनाए। तेस्रो विकेटका लागि मलान र मोर्गानले १ सय ८२ रनको साझेदारी गरे। न्यूजिल्याण्डका मिचेल स्यान्टनरले २ तथा टिम साउदीले एक विकेट लिए।

अब पाँचौं तथा अन्तिम टी-२० खेल आइतबार हुनेछ। जसले शृंखलाको विजेता टुंगो लगाउने छ।

पहिलो खेल ७ विकेटले जितेको इंग्ल्याण्ड त्यसपछि भएको दोस्रो खेलमा २१ रन तथा तेस्रोमा १४ रनले पराजित भएको थियो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 08, 2019| 08:44 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।