आइतबार, साउन ३१, २०८३

जिउँदै अन्तिम संस्कार !

दक्षिण कोरियामा मानिस जिउँदै मृत्युको अनुभूति गरिरहेका छन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं– दक्षिण कोरियाका मानिस जिउँदै मृत्युको अनुभूति गरिरहेका छन्। त्यहाँका मानिस मृत्यु अनुभूति गर्न ‘लिभिङ फ्युनरल’ नाम दिइएको अन्तिम संस्कार प्रक्रियामा सहभागी हुने गरेका छन्।

यस प्रक्रियामा सहभागी हुनेले करिब १० मिनेट कफनभित्र बस्नुपर्छ। यस्तै, सहभागीले आफ्नो अन्तिम इच्छा पनि लेख्ने गरेका छन्।

हिलिङ कम्पनीले यो प्रक्रिया सन् २०१२ मा सुरु गरेको हो । कम्पनीका अनुसार त्यसयता यो प्रक्रियामा करिब २५ हजार मानिस सहभागी भएका छन्। मानिस स्वेच्छाले ‘लिभिङ फ्युनरल’ प्रक्रियामा सहभागी भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मानिसलाई जीवनबारे बुझाउन यो प्रक्रिया सुरु गरिएको हो। यस प्रक्रियामा गरिने मृत्युको अनुभूतिले जीवन राम्रो बनाउन सकिने कम्पनीको दाबी छ।

 

प्रकाशित: Nov 07, 2019| 06:27 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।