बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोडल निशा घिमिरेको स्वास्थ्य तीन महिनामा पनि उस्तै, नर्भिकले भन्यो– पूर्ण रूपमा सामान्य हुन सम्भव छैन

मोडल निशा घिमिरेको स्वास्थ्य तीन महिनामा पनि उस्तै, नर्भिकले भन्यो– पूर्ण रूपमा सामान्य हुन सम्भव छैन

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले बताएको छ। आज मंगलबार पत्रकार सम्मेलन गरेर अस्पतालले घिमिरेको स्वास्थ्य स्थितिबारे जानकारी दिएको हो।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले बताएको छ। आज मंगलबार पत्रकार सम्मेलन गरेर अस्पतालले घिमिरेको स्वास्थ्य स्थितिबारे जानकारी दिएको हो। 

उद्धार गरेर उपचार सुरु भएको ३ महिनासम्म पनि घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको अस्पतालले जानकारी दिएको छ। अहिले उनको अवस्था स्थिर छ।

उद्धार गरिएको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने केही लक्षण देखिए पनि अहिले भने स्थिर नै रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ। तर, पनि स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन। अहिले कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर छ,’ विज्ञप्तिमा भनिएको छ।

गत जेठ २७ गते निशाको उद्धार गरी नर्भिक अस्पतालमा उपचार सुरु भएको थियो। उनको उपचारमा अहिलेसम्म ५० लाख रुपैयाँभन्दा  बढी खर्च भइसकेको छ। 

निशाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सबै खालको विकल्पको विषयमा सोच्नुपर्ने अवस्था आएको अस्पतालले जानकारी दिएको छ। 

दुर्घटनाका कारण निशाको ब्रेन इन्जुरी भएको र अवस्था निकै नै जटिल रहेको उपचारमा संलग्न डाक्टर पंकज जलानले जानकारी दिए। निशाको स्वास्थ्य अवस्था पूर्ण रुपमा सामान्य हुन नसक्ने अस्पतालले स्पष्ट पारेको छ। 

३ वर्षअघि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दुर्घटनामा परेकी थिइन्। उनको दुर्घटनालगत्तै केही समय भारतमा उपचार भए पनि आर्थिक अभावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो। विगत केही समयदेखि निशा अचेत अवस्थामा घरमै थिइन्।

निशाको तस्बिर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन्। उनको उपचार आफैंले गर्ने भन्दै अस्पतालले सहयोग रकम संकलन नगर्न अनुरोध गरेको छ।

प्रकाशित: Aug 31, 2021| 13:44 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।