बिहीबार, भदौ ४, २०८३

दुर्लभ सालकसहित ६ जना पक्राउ

धादिङको गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ परेका छन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

धादिङ- धादिङको गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ परेका छन्। झोलामा सालक बोकेर नुवाकोटबाट धादिङको गल्छी हुँदै काठमाडौं लैजाँदै गरेको अवस्थामा गल्छीबाट ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए।

गोप्य सुचनाको आधारमा गल्छीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका ६ जनामध्ये तीनजना धादिङका रहेका छन्। 

पक्राउ परेका सबैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र सालकलाई भने जिल्ला वन कार्यालय धादिङमा बुझाइएको  एसपी खड्काले जानकारी दिए। 

नियन्त्रणमा लिइएको सालकलाई अदालतको निर्णयपछि जङ्गलमा छाडिने जिल्ला वन कार्यालय धादिङका प्रमुख शोभा सुवेदीले जानकारी दिइन्।

सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने भएकाले नेपालबाट यसको तस्करी हुने गरेको छ।

वन संरक्षण ऐनअनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।

प्रकाशित: Aug 31, 2021| 13:25 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।