शुक्रबार, साउन १, २०८३

बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस महारथी क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ।

मंगलबार राति भएको खेलमा बार्सिलोना स्लाभियासँग गोल रहित बराबरिमा रोकिएको हो। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले केही सुन्दर अवसरहरु खेल फल्दा गोल रहित बराबरी खेलेको हो।

कप्तान लियोनेल मेस्सीले खेलको ३५औं मिनेटमा आर्टुरो भिडालको पासमा गरेको प्रहार क्रसबारमा लागेर बाहिरिदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो। ४३औं मिनेटमा पुनः मेस्सीको प्रहार गोलरक्षक ओनरेज कोलारले सहजै बचाए।

पहिलो हाफको इन्ज्युरी समयमा स्लाभियाका खेलाडीले गोल गरेको गोललाई रेफ्रीले मन्यता दिएनन्। ७८औं मिनेटमा युवा खेलाडी अन्सु फातीको पासमा मेस्सीको प्रयास गोलरक्षकले विफल पारिदिए।

बराबरीसँगै बार्सिलोना समूह ‘एफ’ मा ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा यथावत छ। स्लाभिया २ अंक जोडेर पुछारमा छ।

प्रकाशित: Nov 06, 2019| 04:41 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।