शुक्रबार, साउन १, २०८३

इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्डको अग्रता

इंग्ल्याण्डविरुद्धको पाँच टी-२० सिरिजमा न्यूजिल्याण्डले २-१ को अग्रता बनाएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं - इंग्ल्याण्डविरुद्धको पाँच टी-२० सिरिजमा न्यूजिल्याण्डले २-१ को अग्रता बनाएको छ।

मंगलबार सम्पन्न तेस्रो टी-२० खेलमा इंग्ल्याण्डलाई १४ रनले पराजित गर्दै न्यूजिल्याण्डले अग्रता बनाएको हो। जितका लागि १८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १६६ रनमा रोक्दै न्यूजिल्याण्डले दोस्रो जित दर्ता गरेको हो।

इंग्ल्याण्डका लागि डेभिड मलनले ५५ तथा जेम्स भिन्सले ४९ रन बनाए। त्यस्तै कप्तान मोर्गान र बेन्टनले समान १८/१८ रन जोडे। न्यूजिल्याण्डका टिकनर र लकी फर्गुसनले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। न्यूजिल्याण्डका लागि कोलिन डी ग्राण्डहोमले सर्वाधिक ५५, मार्टिन गप्टिलले ३३ तथा रस टेलरले २७ रनको योगदान दिएका थिए। इंग्ल्याण्डका टम कुर्रानले २ विकेट लिए।

पहिलो टी-२० न्यूजिल्याण्ड तथा दोस्रो टी-२० इंग्ल्याण्डले जितेको थियो। चौथो टी-२० शुक्रबार हुनेछ।

प्रकाशित: Nov 05, 2019| 10:30 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।