बुधबार, भदौ ३१, २०८३

नेकपा (एकीकृत समाजवादी) का सांसदले चार दिनमा होटल छाडे

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश १ का सांसदहरुलाई होटलमा राखेर बन्धक बनाएको आरोप उनीहरुले चार दिनमा होटल छाडेका छन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

विराटनगर– नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश १ का सांसदहरुलाई होटलमा राखेर बन्धक बनाएको आरोप उनीहरुले चार दिनमा होटल छाडेका छन्।   

यस्तो आरोप एमालेले लगाउँदै आएको थियो। एमाले छाडेर समाजवादीमा लागेका १० जना सांसदले सोमबार साँझदेखि होटल छाडेका हुन्। उनीहरु गत शुक्रबारबाट विराटनगरको बिग होटलमा बस्दै आएका थिए। 

होटल छाडेसँगै उनीहरुले विराटनगर नै छाडेका छन्। होटलमा बस्दा विभिन्न आरोप आएपछि होटल छाडेको नेकपा समाजवादीका केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र राईले जानकारी दिए। 

आफू इटहरीमा रहेको र केही अन्य केही सांसदहरु धरानतिर गएको राईले सुनाए। ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुन्छ। होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौं,’ राईले भने। 

अहिलेसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन्। राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन्। 

मगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरु होटलमा बसेका थिए। प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु बुधबारमात्रै आयोगमा जाने भएका हुन्। 

–न्युजकारखाना

प्रकाशित: Aug 31, 2021| 11:45 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।