शनिबार, साउन ३०, २०८३

नाइजेरियाको इग्बो ओरा जुम्ल्याहा बच्चाको ‘राजधानी’

नाइजेरियाको इग्बो ओरा सहरलाई जुम्ल्याहा बच्चाको ‘राजधानी’ मानिन्छ। 
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- नाइजेरियाको इग्बो ओरा सहरमा सबैभन्दा बढी जुम्ल्याहा बच्चा जन्मिने गरेको पाइएको छ।

नेसनल सेन्टर फर हेल्थ स्टाटिस्टक्सका अनुसार इग्बो ओरामा प्रतिहजारमा ५० जुम्ल्याहा बच्चाको जन्म हुने गरेको छ। अमेरिकामा भने प्रतिहजारमा ३३ जुम्ल्याहा बच्चा जन्मिने गरेका छन्।

त्यसकारण इग्बो ओरालाई कतिपयले जुम्ल्याहा बच्चाको ‘राजधानी’ भन्ने गरेका छन्।

इग्बो ओरामा जुम्ल्याहा बच्चाको उत्सव मनाउने गरिन्छ। अक्टोबर १८ बाट महोत्सव सुरु भएको छ। यसमा सहभागी हुनका लागि संसारभरबाट जुम्ल्याहा बच्चा त्यहाँ पुग्ने गरेका छन्।

महोत्सवमा सानादेखि ठूलासम्मका जुम्ल्याहाको सहभागिता छ।

इग्बो ओराका स्थानीयका अनुसार पहिले जुम्ल्याहा बच्चा जन्मिनुलाई नराम्रो मानिए पनि अहिले भने आशीर्वादको रूपमा लिइन्छ।

इग्बो ओरामा जुम्ल्याहा धेरै जन्मनुको तथ्य पत्ता नलागेको वैज्ञानिक बताउँछन्। स्थानीय भने महिलाको खानपानका कारण जुम्ल्याहा बच्चाको जन्म हुने गरेको बताउँछन्।

प्रकाशित: Nov 03, 2019| 06:59 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।