सोमबार, माघ २८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • माधव नेपाललाई एमाले सिध्याउने खेलमा नलाग्न युवराज ज्ञवालीको सुझाव

Siddartha premir insuranceSiddartha premir insurance

माधव नेपाललाई एमाले सिध्याउने खेलमा नलाग्न युवराज ज्ञवालीको सुझाव

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले सिध्याउने खेलमा नलाग्न सुझाव दिएका छन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

ntc landingntc landing

सुर्खेत- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले सिध्याउने खेलमा नलाग्न सुझाव दिएका छन्। मंगलबार सुर्खेतमा एमाले प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले नेपाललाई पार्टी सिध्याउने खेलमा नलाग्न चेतावनी दिएका हुन्।

himalayan bank box

‘म माधव कमरेडलाई अनुरोध गर्न चाहन्छु अर्को वाममोर्चा बनाएर एमाले सिध्याउने काम नगर्नुस्। यो ठूलो भ्रम हुन्छ, ठूलो गल्ती हुन्छ,’ ज्ञवालीले भने, ‘एमालेलाई सिध्याउने काममा त लाग्नु होला तर तपाइले जित्ने सम्भावना छैन।’ नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउने गल्ती नगर्नसमेत उनको आग्रह छ। 

नेपालमा कम्युनिष्ट आन्दोलन सिध्याउने खेल चलिरहेको बताउँदै त्यसमा स्वयं कम्युनिष्ट साथीहरूको संलग्नता रहेको उनको आरोप छ। एमालेका केही मतहरू खोसेर फेरि एमाले भन्दा ठूलो हुन्छौं सोच्नु गलत भएको उनले बताए। 'जनताहरू सचेत बनिसकेका छन्। अब जता भन्यो त्यतै लाग्ने पक्षमा छैनन्', उनले भने। 

एमालेबाट केही व्यक्ति छुट्टीए पनि एमालेको विशाल जनआधार कायमै रहेको उनले बताए। ‘एमालेको जनआधार भत्किएको छैन। तर, केही कार्यकर्ता विभाजित भएका छन्,’ ज्ञवालीले भने।

एमाले दोस्रो तहका नेताहरूले उचालेर आफूले नयाँ पार्टी गठन गरेको भन्दै आएका माधव नेपालको तर्कमा कुनै सत्यता नभएको उनले बताए। ‘माधव नेपाल के केटाकेटी हो? हामीले उचालेर उचालिने?', उनले भने, ‘उचालेको होइन, दश बुँदे समहमति अनुसार एकतामा जानुपर्छ भनेको हो। छलफल र बहस गरेको हो।’ कुनै बेला नयाँ पार्टी खोल्ने विषयमा छलफल भएको भने साँचो भएको उनले बताए। 

‘कुनै बेला, कुनै एउटा परिस्थति थियो, अर्को पार्टी खोल्ने कि भन्ने एककिसिमको सोचाई नबनेको होइन, बनेको हो,’ उनले भने, ‘तर, त्यसपछि पनि एकतामै केन्द्रित हुनुपर्छ, केही उपाय नलागेमात्रै नयाँ पार्टी खोल्ने कुरा भएको हो।'

एमाले प्रदेश कमिटी संयोजकसमेत रहेका ज्ञवालीले दश बुँदे सहमित अनुसार पार्टीका नेता कार्यकर्ताहरूलाई पूर्ववत् जिम्मेवारीमै फर्कन आग्रह गरे। त्यस्तै प्रदेश कमिटी सह–संयोजक यामलाल कँडेलले कर्णालीमा एमाले २०७५ साल जेठ २ अघिकै अवस्थामा फर्किएको बताए।

प्रकाशित: Aug 31, 2021| 10:57 मंगलबार, भदौ १५, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।