बुधबार, वैशाख ९, २०८३

नेपाली युवा टोली एमसीसीसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली युवा क्रिकेट टोली नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पराजित भएको छ।

आइतबार टियु क्रिकेट मैदानमा भएको खेमला नेपाल एमसीसीसँग ३८ रनले पराजित भएको हो।

एमसीसीले दिएको ३३५ रनको फराकिलो लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रन मात्र जोड्न सक्यो।

नेपालका लागि हरि चौहानले अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि पर्याप्त हुन सकेन। 

उनले ५२ रनको योगदान दिए। कप्तान रित गौतमले ४५ रन जोडे। 

नेपालका लागि आकाश चन्द ३० रन बनाउँदा शेर मल्ल २८, खड्क बोहोरा २६, लोकेश बल १८ तथा विशाल केसीले १३ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीको जितका लागि विलरोड्सले ९६ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै टोम वेस्टली र माइल्स होमाल्डले समान ६५ रनको अर्धसतकिय पारी खेले। 

एमसीसीका लागि इडी योङले ४५, विल्ली गोडलेमनले २२, भन्डेरेस्पर २४ रन जोडेका थिए।

बलिङतर्फ नेपालका लागि सागर ढकाल र शेर मल्लले दुई-दुई विकेट लिए। त्यस्तै कुशल मल्ल, हरि चौहान र आकाश चन्दले एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।