बुधबार, वैशाख ९, २०८३

१४ ए डिभिजन क्लबको एएफसी लाईसेन्स प्रस्ताव अस्वीकृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले १४ ‘ए’ डिभिजन क्लबले एएफसी लाईसेन्सका लागि दिएको निवेदन अस्वीकृत गरेको छ।

एन्फाको क्लब लाईसेन्सिङ कमिटिको बैठकले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने निर्णय गरेको एन्फाले आफ्नो वेब साईटमा उल्लेख गरेको छ।

गलत तरिकाले क्लबलाई लाईसेन्स वितरण गरेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई ठूलो रकमको आर्थिक जरिवाना गरेपछि एन्फाले यसपटक लाइसेन्स सिफारिस गरेन।

एन्फाले गत वर्ष ’ए’ डिभिजनका ९ क्लबलाई एएफसीको क्लब लाईसेन्सका लागि प्रस्ताव गरेको थियो।

एन्फाका अनुसार मनाङ मस्र्याङ्दी, थ्री स्टार, पुलिस, जावलाखेल, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, ब्रिगेड ब्वाईज, आर्मी, एपीएफ, मछिन्द्र, न्युरोड टिम, च्यासलले अर्को सिजनका लागि एएफसीको लाईसेन्सको आवेदन दिएका थिए।

एन्फाले राष्ट्रिय लिगपछि अर्को बर्ष क्लब लाईसेन्सको न्युनतम शर्तहरु कार्यान्वयनको चरणमा लैजाने योजना रहेको बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।