बुधबार, वैशाख ९, २०८३

नेदरल्यान्ड्सलाई विश्वकप छनोटको उपाधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेदरल्यान्ड्सले आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ।

युएईमा शनिबार राति भएको फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । 

१२९ रनको सामान्य चुनौती पछ्याएको नेदरल्यान्ड्सले १९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेदरल्यान्ड्सलाई जित दिलाउन वेन कुपरले सर्वाधिक ४१ रन जोडे। यस्तै, रियान टेन डोस्याट र कोलिन एकरम्यान अभिजित रहँदै क्रमश: ३४ र २९ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । उसका लागि लिगा सिकाले सर्वाधिक ३९ रन जोड्दा सिसी बाउले २९ रन बनाएका थिए ।

तेस्रो स्थानको लागि भएको खेलमा आयरल्यान्डले नामिवियालाई २७ रनले पराजित गरेको छ।

यससँगै आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स, पपुवा न्युगिनी, आयरल्यान्ड, स्कटल्यान्ड र ओमान छनाेट भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।