सोमबार, जेठ १८, २०८३

विराटनगरमा आज खटयात्रा निकालिँदै

प्रदेश १ को राजधानी विराटनगरमा भव्य रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा स्थगित गरिएको छ। कृष्णजन्माष्टमीको भोली पल्ट निकालिने गरिएको रथयात्राको ठाउँमा मंगलबार खटयात्रा निकालिँदै छ।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

विराटनगर- प्रदेश १ को राजधानी विराटनगरमा भव्य रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा स्थगित गरिएको छ। कृष्णजन्माष्टमीको भोली पल्ट निकालिने गरिएको रथयात्राको ठाउँमा मंगलबार खटयात्रा निकालिँदै छ।

National life

कोरोना महामारीका कारण भक्तजनको भव्य उपस्थितिमा रथयात्रा सम्भव नभएपछि रूप परिवर्तन गरेर खटयात्रा निकाल्न लागिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले बताए। कोरोनाकै कारण गत वर्ष पनि रथयात्रालाई खटयात्रामा परिणत गरिएको थियो।

९०औं संस्करणको रथयात्रा परम्पराको निरन्तरताका लागि मात्रै भए पनि खटयात्रामा सीमित गर्नु परेको ओझाले बताए। खटयात्राले विराटनगर बजार परिक्रमा गर्ने उनले बताए। 

खटलाई गाडीमा राखेर विस्तारै गुडाउने र भक्तजनले सडक किनारबाट दर्शन गर्न पाउने अध्यक्ष ओझाले बताए। विराटनगरको राधाकृष्ण मन्दिरदेखि वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो। वि.सं. २०२४ सालयता भने खटयात्रालाई रथयात्रामा रूपान्तरण गरिएको थियो। रथसँगै पुरानो खटलाई पनि बजार परिक्रमा गराउने गरिन्थ्यो। 

यसैबीच विराटनगरमा राधाकृष्ण रथयात्राका ठाउँमा खटयात्रा निकालिने भए पनि प्रदेश १ सरकारले तीन जिल्लामा सार्वजनिक विदा दिएको छ। सरकारले रथयात्रालाई लक्षित गरेर झापा मोरङ र सुनसरीमा जिल्लामा सार्वजनिक विदा दिएको हो।

Shivam cement

प्रकाशित: Aug 31, 2021| 07:13 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।