शुक्रबार, जेठ १, २०८३

मौलिक देउसी भैलो ‘जिम्माल बाको आगनीमा’ (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- भाई टिकाको दिन नजिकिँदै गर्दा ‘जिम्माल बाको आगनीमा’ मौलिक देउसी भैलो गीत सार्वजनिक भएको छ।

खेम दर्लामी मगरको शब्द र लयमा रहेको देउसी भैलो गीतमा जिम्माल बाको आगनमा भेला भएर खेलिने देउसी भैलोको मौलिक स्वरुप देखाइएको छ।

खेम दर्लामी मगरकै युट्युब मार्फत् सार्वजनिक गरिएको गीतमा खेम, खगेन्द्र दुलाल, रोहित परियार, डिला बिक र विरता पुनको स्वर रहेको छ।

विशाल सोनी, गणेश गुरुङ, दिया बडुवाल र हरिशंकर तिमिल्सेनालाई फिचरिङ गरिएको देउसी भैलो गीतको म्युजिक भिडियोलाई हिमाल सागर हिङमाङले निर्देशन गरेका छन्।

गीतको छायांकन सुशील डाँगीले गरेका हुन् भने सम्पादन अभिनास डिसीले गरेका हुन्।

दुलाल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत राजु सानु, लक्ष्मी सिराई र लक्ष्मी खनालले संयुक्त रुपमा निर्माण गरेका हुन्।

पुर्ण संयोगले एरेन्ज गरेको गीतको मिक्सिङ हेमराज डाँगीले गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्