मंगलबार, असोज २०, २०८३

वरुण धवनलाई लाग्थ्यो- शाहरुख खान र काजोल पतिपत्नी हुन्

बलिवुड सुपरस्टार शाहरुख खान र अभिनेत्री काजोलले कयौँ सुपरहिट फिल्ममा सँगसँगै काम गरेका छन्। यो जोडीलाई दर्शक खुबै मन पराएका पनि थिए।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

मुम्बई- बलिवुड सुपरस्टार शाहरुख खान र अभिनेत्री काजोलले कयौँ सुपरहिट फिल्ममा सँगसँगै काम गरेका छन्। यो जोडीलाई दर्शक खुबै मन पराएका पनि थिए। यो जोडीबिच हरेकपटक एउटा भव्य केमिस्ट्री देख्न पाइन्छ। यो जोडीलाई देखेर बुलिवुड कलाकार वरुण धवन कुनै समय झुक्किएका थिए।  

शाहरुख खान र काजोल पति-पत्नी हुन् भन्ने धवनलाई लाग्ने गर्थ्यो। यो कुरालाई धवनले नै बाहिर ल्याएका थिए। यतिसम्म कि गौरी खानलाई जब शाहरुखको घरमा देखेका थिए, त्यसबेला धवन छक्क परेका थिए। 

वरुण धवन आफ्नो एउटा फिल्मको प्रमोसन गर्नका लागि एउटा रियालिटी शोको मञ्चमा पुगेका थिए। उनले किस्सा सम्झिदै भने, ‘मैले शाहरुख र काजोललाई श्रीमानश्रीमती सम्झिँदै आएको थिएँ।' तर जब धवन एनवीएको चन्दा लिन शाहरुखको घरमा गए। त्यहाँ गौरी खानले ढोका खोलिन्। यो देखेर उनी हैरान भए। दुई मिनेटसम्म उनले गौरीलाई हेरिरहे। त्यो समय उनले चन्दाको पैसा लिएर केही नबोली फर्किए। 

घर पुगेर वरुणले आफ्नी आमालाई शाहरुखको घरमा काजोल नभेटेको कुरा सुनाए। बरु गौरी खानले ढोका खोलेको सुनाए। त्यतिबेला उनकी आमाले काजोल शाहरुखको पत्नी नभई गौरी हुन भनेपछि वरुणले केही समय पत्याउनै सकेका थिएनन्। 

प्रकाशित: Aug 30, 2021| 21:05 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।