बुधबार, मंसिर ३, २०८२

रिहा भए 'भिटेन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
ललितपुर - भिटेनका नामले चर्चित र्‍यापर समिर लामा घिसिङ रिहा भएका छन्।

‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरेको, लागुऔषध गाँजा खान प्रोत्साहित गरेको तथा असइको बर्दी लगाएर गाँजा सेवन गर्दै गरेको फोटो फेसबुकमा राखेको भन्दै उनलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले जाउलाखेलबाट पक्राउ गरेको थियो। 

पक्राउ परेका भिटेनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ। बुवाको जमानीमा रिहा भएका भिटेनलाई १३ गते प्रहरीमा हाजिर हुन भनिएको छ।

प्रहरीले भिटेनलाई सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी मुद्दा चलाउने तयारी गरेको थियो। उनलाई प्रहरीले ‘हामी यस्तै त हो नि ब्रो’ गीत हटाउनसमेत लगाएको छ।

केही दिनअघि मात्रै उच्छृङ्खल गीत गाएको भन्दै गायक दुर्गेश थापालाईसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्