शनिबार, साउन ३०, २०८३

फुटसल च्याम्पियनसिप छनोटबाट बाहिरियो नेपाल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

प्रशिक्षक भन्छन्- खेल नतिजा सुधार भयो  
 
इरान- सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपकाे छनोटबाट नेपाल बाहिरिएको छ। 

उज्वेकिस्तानसँगको खेलमा नेपाल ४-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

खेलको सातौं मिनेटमा खुस्निडिन निसोनोभको गोलबाट नेपाल पछि परेको थियो। १३ औं मिनेटमा उस्मोनोभ अक्बरले गोल गर्दै अग्रता दोब्बर गर्दा १५ औं मिनेटमा निसोनोभले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई पहिलो हाफमा ३-० गोलले पछि पारे।

दोस्रो हाफको पहिलो मिनेटमा नै नेपाल थप एक गोल खान पुग्यो। २१ औं मिनेटमा अडिलोभ मश्रभले गोल गर्दै उज्वेकिस्तानलाई ४–० को अग्रता दिलाए। खेल सकिन एक मिनेट बाँकी रहँदा नेपालका लागि मणि  लामाले टिमका लागि सान्त्वना गोल गरे। 

आफ्नो पहिलो खेलमा ताजिकिस्तानसँग ६-० गोलले पराजित भएको नेपालको यो दोस्रो हार हो। 

प्रतियोगिताबाट बाहिरिए पनि नतिजामा भने सुधार भएको प्रशिक्षक गौरभ बस्नेतले बताए। “दुई वर्षअघि नेपाल उज्वेकिस्तानसँग १४-१ गोलले पराजित भएको थियो। अहिलेको नतिजाले नेपाली फुटसलको स्तरमा धेरै सुधार भएको मान्न  सकिन्छ,” उनले भने। 

प्रशिक्षक बस्नेतले उज्वेकिस्तानसँगको खेलपछि खेलाडीको तारिफ पनि गरे। “उज्वेकिस्तानसँग खेलाडीले उत्कृष्ट खेलेका हुन्। पहिलो खेलको कमजोरीलाई यस खेलमा सुधार गरेका छन्,” उनले भने। 

उनले एन्फाले वर्षमा कम्तीमा दुई राष्ट्रिय स्तरको लिग गर्न सके नेपाली फुटसलको स्तरमा सुधार हुने र खेलाडी पलायन हुने समस्या हट्ने बताए। 

सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब समूहको अन्तिम खेल नेपालले अफगानिस्तानसँग खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।