बुधबार, वैशाख ९, २०८३

एमबाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले फराकिलो जित निकालेको छ। 

स्टार फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गर्दा पिएसजीले बेल्जियन क्लब ब्रगमाथि ५–० को फराकिको जित निकालेको हो। 

मंगलबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा एमबाप्पेको ह्याट्रिक तथा मोउरो इकार्डीले दुई गोल गरे।पहिलो हाफम १–० को अग्रता बनाएको पिएसजीले दोश्रो हाफमा थप ४ गोल गरेको थियो। 

खेलको सातौ मिनेटमा एन्जल डी मारियाको पासमा मोउरो इकार्डीले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। त्यसपछि ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटपछि इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी खेलमा ३–० को अग्रता बनायो। 

७९ औं मिनेटमा डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो गोल गर्दा पिएसजी खेलमा ४(० ले अगाढी बढ्यो। ८३औं मिनेटमा डि मारियाकै पासमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पिएसजीलाई ५–० को फराकिलो जित दिलाए। 

जितसँगै समूह एमा अपराजित रहेको पिएसजीले ३ खेलबाट ९ अंक जोडेको छ। क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ। रियाल म्याड्रिड ४ अंक जोडेर दोस्रो स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।