बुधबार, वैशाख ९, २०८३

च्याम्पियन्स लिगमा रियलको पहिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले पहिलो जित निकालेको छ। 

मंगलबार राति भएको खेलमा टर्किस क्लब गलातासारेलाई १–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो। 

रियलको जितका लागि खेलको एक मात्र निर्णायक गोल टोनी क्रुसले गरे। उनले पहिलो हाफमा गोल गर्दै रियललाई खेलमा अगडि बढाएका थिए। क्रुसले १८ औं मिनेटमा ईडेन हजार्डको पासमा गोल गरेका थिए। 

त्यसपछी हजार्डको प्रहार क्रसबारमा लागेर फर्किदा रियल अग्रता दोब्बर बनाउनबाट चुकेको थियो। पछिल्लो हप्ता नवप्रवेशी क्लब मालोर्कासँग स्पेनिस लिगमा रियल पराजित भएको थियो। 

टर्किस क्लबसँग पराजित भएको अवस्थामा जिदान बर्खास्तीमा पर्ने केही रिपोर्टहरु सार्वजनीक भएका थिए। यस जितले केही मात्रामा जिदानको साख जोगिएको छ।

समूह एको खेलमा रियल मड्रिडले तीन खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। गलातासारे १ अंक सहित पुछारमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।