मंगलबार, वैशाख ८, २०८३

डब्लूसिएलको उपाधिका लागि काठमाडौं र चितवन भिड्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं -  वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल)को उपाधिका लागि क्याट क्विन्स काठमाडौं र चितवन राइनोज बीच प्रतिष्पर्धा हुने भएको छ। विराटनगर टाइटन्सलाई नौ विकेटले हराउँदै काठमाडौंले फाइनलमा चितवनसँगको भेट पक्का गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो। विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोडिन्। यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन्।

४४ रनमा पहिलो विकेट गुमाएको विराटनगरका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सफल रहे। विराटनगरले बाँकी २४ रन बनाउँदा नौ विकेट खेर फाल्यो।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिइन्।

६९ रनको सामान्य विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले ९ ओभर पाँच बलमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। काठमाडौंको जितमा अप्सरी बेगमले २७ तथा कप्तान रुबिना क्षेत्रीले ३४ रन जोडिन्। 

फाइनल खेल बिहीबार हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।