संस्कृति र सामाजिक परम्परा विरुद्धको गीत युट्यूबमा राखेको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन् ।
सार्वजनिक रुपमा माफी मागेर विवादित गीत युट्यूबबाट हटाएपछि थापालाई रिहा गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
‘ह्याप्पी तिहार, चिसो बियर...’ बोलको गीतमा ‘ए निकाल गाँजा खानुपर्छ...’ भन्ने जस्ता वाक्यांश समेत समावेश गरेपछि दुर्गेशविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४