मंगलबार, वैशाख ८, २०८३

एक महिना पछाडि धकेलियो पीपीएल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता एक महिना पछाडि धकेलिएको छ। पोखरा क्रिकेट रंगशालामा नोभेम्बर १२ देखि २३ तारिखसम्म आयोजना हुने भनिएको प्रतियोगिता अब डिसेम्बर १४ देखि २८ सम्म हुने भएको छ।

आयोजक क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिले पीपीएलको पूर्वघोषित तालिकामा दक्षिण एसियाली खेलकुद हुने तथा इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेपाल भ्रमण र यू-१९ टिमको भारत भ्रमण परेको कारण प्रतियोगिता सारिएको जनाएको छ। नोभेम्बर १ देखि १२ तारिखसम्म एमसीसीले काठमाडौं र पोखरामा नेपाली टोलीसँग खेल्दैछ। 

प्रतियोगितामा ६ टोली सहभागी छन्। पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनोज,पोखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन्। पहिलो संस्करणको उपाधि पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई पराजित गर्दै शरद भेसावकर कप्तानीको पोखरा पल्टनले जितेको थियो 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।