शनिबार, वैशाख १२, २०८३

नेपाली फुटसल टोली इरान पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
इरान- एएफसी कप फुटसल च्याम्पियनसिपको छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ। पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय गुरुङको कप्तानिमा रहेको १४ सदस्यीय नेपाली टोली नेपाली समय अनुसार सोमबार दिउँसो १:३० बजे इरानको उर्मिया पुगेको हो।
 
प्रतियोगिताको दुई दिन अघि नै इरान आइपुगेको नेपाली टोलीले इरानमा सेन्ट्रल तथा दक्षिण एसियाली छनोटका खेल खेलाईने भेन्युमा दुई दिन प्रशिक्षण लिनेछ। 

एएफसीको नियम र इन्डोर खेल भएकाले टोली दुई दिन अघि नै इरान आईपुगेको प्रशिक्षक विष्णू गुरुङले जानकारी दिए। 'हामिले नेपालमा खुल्ला मैदानमा प्रशिक्षण लिएका थियौं। यहाँ इन्डोर खेल्नु पर्ने छ।', प्रशिक्षक गुरुङले भने, 'हामीले एक दिन यहाँ प्रतियोगिता संचालन हुने भेन्युमा प्रशिक्षण लिने छौँ। जसले खेलाडीलाई इन्डोरको वातावरणसँग छिटो घुलमिल हुन सहज हुनेछ।' 

लामो समय नेपाली फुटबलको अनुभव बटुलेका र युवा खेलाडीसमेत टोलीमा रहेकाले नतिजामा सुधार आउनेमा प्रशिक्षक गुरुङ विश्वस्त रहेका छन्। 

समूह ए मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। त्यस्तै दोश्रो खेल २४ तारिखमा उज्वेकिस्तान र तेस्रो खेल २५ तारिखान अफ्गानिस्तानसँग खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।