बिहीबार, भदौ ४, २०८३

मिर्गौला प्रत्यारोपण गरेर फर्किए झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपाण गरेर सोमबार स्वदेश फर्किएका छन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपाण गरेर सोमबार स्वदेश फर्किएका छन्। भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपराह्न स्वदेश फर्किएका हुन्।

खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताकार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

खनाल दिल्लीमा रहेका बेला नेपालमा कैयौं राजनीतिक घटना भएका छन्। संसद् विघटनको निर्णय उल्ट्याउने सर्वोच्चको निर्णय, प्रधानमन्त्रीबाट केपी ओलीको बहिर्गमन र शेरबहादुर देउवाको नियुक्ति, दल विभाजनसम्बन्धी अध्यादेश, प्रदेशहरूमा मुख्यमन्त्रीको परिवर्तन र उनीसमेतले बनाएको नेकपा एमालेमा विभाजन यही अवधिमा भएका छन्।

प्रकाशित: Aug 30, 2021| 17:01 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।