मंगलबार, वैशाख ८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सगरमाथा क्षेत्रमा बाह्रखरी गल्फ, गल्फ प्रतियोगितामा ‘रेकर्ड ब्रेक’ 

सगरमाथा क्षेत्रमा बाह्रखरी गल्फ, गल्फ प्रतियोगितामा ‘रेकर्ड ब्रेक’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
कोङ्दे (सोलुखुम्बु)- बाह्रखरी मिडियाको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ।

४,२५० मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उच्च क्षेत्रमा भएको हो। नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनमा सहयोग पुर्याउने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको पहिलो दिन आज (आइतबार) ४,२५० मिटर उचाइमा रहेको कोङ्दे री मा ६ जना गल्फर र ३,८८० मा रहेको स्याङ्बोचेमा ८ जना खेलाडीले एक होल खेलेका थिए।

खराब मौसमका कारण पहिलो दिन सबै खेलाडीले सहभागिता जनाउन पाएनन्। तर, लुक्लामा सहभागी खेलाडीहरुले भने खेल्ने अवसर पाएका थिए। बाह्रखरी गल्फले विश्वमा पहिलो पटक अग्लो स्थानमा खेलाइएको गल्फको रेकर्ड राखेको बाह्रखरी मिडिया प्रालिका उप–महाप्रबन्धक सुर्य घिमिरेले बताए।

दुई चरणमा खेलाइएको प्रतियोगिताका बाँकी १७ होल दोस्रो चरणमा अक्टोबर २६ मा काठमाडौंको गोकर्ण रिसोर्टमा खेलाइनेछ। प्रतियोगिताले नेपाली पर्यटन प्रबद्र्धनमा नयाँ आयाम ल्याउने प्रतियोगितामा सहभागी खेलाडीहरुको धारणा छ।

‘अविष्मरणीय क्षण रह्यो मेरो लागि। मैले प्रतियोगिताको पहिलो टीअफ गर्ने मौका पाएँ। कोङ्देमा यो प्रतियोगिता आयोजना गर्नु नै खेलाडीको लागि ऐतिहासिक क्षण हो। यो विश्वकै इतिहासमा पहिलो पटक अग्लो स्थानमा खेलाइएको प्रतियोगिताको रुपमा हेरिएको छ’, समिट एयरका सञ्चालक तथा गल्फर विकास राणाले भने।

उनले पर्यटकीय क्षेत्रमा भएको यो प्रतियोगिताले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताए। अन्तर्राष्ट्रिय मिडियामा यसको कभरेज भएकाले पनि विश्व जगतमा यो प्रतियोगिताले आफ्नो छुट्दै महत्व राख्ने उनको विश्वास छ। 

त्यस्तै प्रतियोगिताको पहिलो समूहमा खेलेकी रेखा घिमिरेले पनि यो जीवनभर भुल्न नसकिने अवसर भएको बताइन्। ‘यति अग्लो ठाउँमा गल्फ खेल्दा फरक अनुभूति हुने रहेछ।’ घिमिरेले भनिन्।

‘यो प्रतियोगितालाई मैले प्रतिस्पर्धा भन्दा पनि नयाँ अनुभवको रुपमा लिएको छु।’ गल्फर राजेन्द्र क्षेष्ठले भने। त्यस्तै प्रतियोगितामा सहभागी आरती रानाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको ऊर्जा आएको बताइन्। 

१० वर्षे गल्फ करियरमा पहिलो पटक यो खेलप्रति आनन्द आएको महसुस भएको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।