सोमबार, जेठ १८, २०८३

डिजेलसहितको ट्यांकर चोरी गर्ने आयल निगमका पूर्वचालक पक्राउ

डिजेलसहितको ट्यांकर चोरेर भाग्दै गर्दा नेपाल आयल निगम विराटनगरका पूर्वचालक पक्राउ परेका छन् ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

विराटनगर– डिजेलसहितको ट्यांकर चोरेर भाग्दै गर्दा नेपाल आयल निगम विराटनगरका पूर्वचालक पक्राउ परेका छन् । 

National life

विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेर लग्दै गर्दा विराटनगर ४ का २६ बर्षीय श्रवणकुमार यादवलाई सोमबार बिहान पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार चोरी गरेर लग्दै गरेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीमा पुर्याएपछि ट्यांकरसहित यादव पक्राउ परेका हुन् ।

डिजेल लोड रहेकै अवस्थामा पार्किङ स्थलमा छाडेपछि चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौका छोप्दै यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ । 

यादवसहित चोरीमा चार/पाँच जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न अरुको नाम खुलाएको छैन । उनीहरुलाई पक्राउको तयारी भइरहेको डीएसपी श्रेष्ठले बताए । 

अमलेखगन्ज डिपोमा डिजेल लोड गरिएको ट्यांकर राति १२ः३० बजेतिर विराटनगर आइपुगेको थियो । ट्यांकरमा २० लाख मूल्यभन्दा बढीको २० हजार लिटर डिजेल रहेको प्रहरीले बताएको छ ।

Shivam cement

प्रकाशित: Aug 30, 2021| 16:45 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।