बिहीबार, जेठ २१, २०८३

पहिरोले बुटवलमा ७ घर पुरिए

अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

बुटवल– अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्। बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ८ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

National life

मानवीय क्षति भने अहिलेसम्म भएको छैन । वर्षासँगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन् । यस क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ। शनिबार पनि झरेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ ।  

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन्। बिस्थापित परिवारलाई बुटवल बहुमुखी क्याम्पसमा राख्ने तयारी भइरहेको छ । 

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिमा पहिरो खस्दा ५० भन्दा बढी घर बिस्थापित भएका थिए । 

ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ । ज्योतिनगरमा आएको लेदोसहितको पहिरो बुटवल अस्पताल लाइनसम्म छ । स्थानीय सामान लिएर सुरक्षित स्थानतर्फ सरिरहेका छन्।

Shivam cement

प्रकाशित: Aug 30, 2021| 16:41 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।