काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ९०२ जना र एन्टिजेन परीक्षणबाट ३९३ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १६ हजार २३३ परीक्षण भएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार जना कोरोनामुक्त भएका छन्। बिहीबार देशभर ३५ हजार ८७४ जना सक्रिय संक्रमित छन्।