मंगलबार, वैशाख ८, २०८३

पिएसजीको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा नाइसमाथी फराकिलो जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा समेटिएको नाइसमाथी ४-१ को फराकिलो जित निकालेको हो। 

पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा केलियन एमबाप्पे र मौउरो इकार्डीले समान १-१ गोल गरे। नाइसका इगनाटस गनागोले एक गोल फर्काए। खेलको १५औं मिनेटमा डि मारियाले गोल गर्दै पाहुना टोलि पिएसजीलाई अग्रता दिलाएका थिए। २१औं मिनेटमा मारियाले थोमस म्युनियरको पासमा व्यक्तिगत दोश्रो गोल गर्दै अग्रता दोब्बर पारे। 

पहिलो हाफमा २-० को अग्रता बनाएको पिएसजिले दोश्रो हाफमा थप दुई गोल गर्दा एक गोल खाएको थियो। ६७औं मिनेटमा इग्नाटसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, त्यसपछि दुई मिनेटको अन्तरमा नाइस ९ खेलाडीमा समेटिएपछि घरेलु टोली समस्यामा परेको थियो। 

वेलान सिप्रिन दोहोरो पहेँलो कार्ड तथा क्रिस्टोफो हेरेले सोझै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। यसको फाइदा उठाउँदै पिएसजीका पाब्लो सारावियाको स्थानमा मैदान प्रवेश गरेका केलियन एमबाप्पेले ८८औं मिनेटमा गोल गर्दै खेललाई ३-१ को आरामदायी अवस्थामा ल्याए। इन्ज्युरी समयमा मौउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ४-१ को फराकिलो जित दिलाए। 

जितसँगै पीएसजी १० खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित नाइस १३ अंकसहित नवौं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।