शुक्रबार, जेठ १, २०८३

प्रियंका र परिणिति एउटै फिल्ममा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- डिजनीले निर्माण गर्न लागेको फ्रोजेन २ मा बलिउड नायिका दिदीबहीनी प्रियंका र परिणिती चोपडाले काम गर्ने भएका छन्।

दुई दिदीबहिनीको एउटा अनौठो कहानीमा बन्ने फिल्ममा डबिङका लागि प्रियंका र परिणिती फाइनल भएका हुन्। 

आगामी महिना रिलिज हुने एनिमेशन फिल्म फ्रोजेन २ मा दुई बहिनीले फिल्मका मुख्य पात्रको आवाज भर्नेछन्।

प्रियंकाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक मोशन पोस्टर शेयर गर्दै यसबारे जानकारी गराएकी हुन्।

यस मोशन पोस्टरमा प्रियंका र परिणिती देखिएका छन्। फिल्ममा प्रियंकाले एल्साको डबिङ गर्नेछिन भने एनाको आवाज परिणितीले दिनेछिन्।

फ्रोजेन २ भारतमा २२ नोभेम्बरमा रिलिज हुँदैछ।

यसअघि प्रियंकाका दुई बहिनीले फिल्ममा सँगै काम गरेका थिएनन्। परिणितिले प्रियंकासँग काम गर्ने इच्छा बेला बेला प्रकट गर्दै आएकी थिइन्। यसपटक भने डबिङमा सँगै काम गर्ने अबसर उनले पाएकी छन्।

हिन्दी सिनेमाका चर्चित स्टारहरुले हलिउड सिनेमामा आवाज दिँदै आएका छन्। जसका कारण हलिउड सिनेमाले भारतमा राम्रो व्यापार गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्