मंगलबार, वैशाख ८, २०८३

आई लिग खेल्न किरण भारत प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं–नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङ भारत प्रस्थान गरेका छन्। उनी भारतीय आई लिग खेल्न शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
 
उनी साउनमा आई लिग क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका थिए। फिफा विश्वकप छनोट अन्तर्गत जोर्डनसँगको खेल खेलेर बिहीबार स्वदेश फर्किएका किरण शुक्रबार बिहान त्यसतर्फ लागेका हुन्। 

भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले किरणलाई दोस्रो पटक अनुबन्ध गरेको हो। किरणले सन् २०१७र१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए। त्यस सिजन पन्जाबले आई लिग जितेको थियो। यस सिजन भने पन्जाब अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। 

१९ खेल खेलेको पन्जाबले चार खेलमा जित, पाँच खेलमा बराबरी र १० खेलमा हार व्यहोर्दै १७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ। अब किरण विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि मात्र स्वदेश फर्कने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।