मंगलबार, वैशाख ८, २०८३

एएफसी कप फुटसल छनोट खेल्ने नेपाली टोलीको विदाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी कप फुटसल च्याम्पियनसिप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोलीको विदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार इरानका सेन्ट्रल तथा दक्षिण एसिया छनोट खेल्न जाने नेपाली टोलीको विदाइ गरेको हो।  

कार्यवाहक एन्फा अध्यक्ष पंकज नेवाङले विदाइ कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिए। सहिद स्मारक ए डिभिजन लिग नभएका बेला काठमाडौंमा भएका फुटसलले नेपाली फुटबलाई ठूलो योगदान दिएको कार्यवाहक अध्यक्ष नेवाङले बताए। उनले नेपाली राष्ट्रिय फुटसल टिमको निर्माण ढिलो भएपनि उत्कृष्ट टिम रहेको उल्लेख गरे।
  
त्यस्तै प्रशिक्षक विष्णू गुरुङले राष्ट्रिय फुटसल टोलीले पछिल्लो दुई वर्षदेखी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएकाले यो सिक्ने अवसर रहेको बताए। ‘हामी यतीबेला शिशु अवस्थामा नै छौं। यसको कसरी स्याहार गर्ने त्यो सबैले सोच्न जरुरी छ। यस प्रतियोगितालाई हामीले सुनौलो अवसरका रुपमा लिएका छौ’, प्रशिक्षक गुरुङले भने। 

फुटसल संघका सदस्य राज महर्जनले पहिलेको नतिजालाई ध्यानमा राख्दै यस प्रतियोगितामा नतिजा सुधारहुनेमा विश्वास व्यक्त गरे।
 
पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा राष्ट्रिय फुटसल टिमका कप्तान विजय गुरुङले फुटसलको विकासका लागि घरेलु लिगहरु गर्न सबैलाई आग्रह गरे। लिगले खेलाडीको व्यवसायिकतामा टेवा पुग्ने र नेपाली फुटसल टोलीले ठूलो उचाई लिनेमा विजयले विश्वास दिलाए।
 
छनोटको समूह ‘ए’ मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ। प्रतियोगिता अक्टोवर २३ देखि २६ सम्म इरानमा हुनेछ।

नेपाली राष्ट्रिय फुटसल टोली

अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।