शनिबार, साउन ३०, २०८३

साग खेल्ने ह्याण्डबल टोलीको छनोट सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने नेपाली ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको छनोट सम्पन्न भएको छ। पोखरामा भएको छनोटबाट ह्याण्डबल खेल्ने महिला र पुरुषतर्फका १६–१६ जना खेलाडी छनोट भएका हुन्। 

नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङकाअनुसार पुरुषतर्फ छनोटमा परेका खेलाडीहरुमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपक सिंह बोहोरा, सन्दीप कार्की, रण सिंह रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिञ्जाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन्।

यसैगरी महिला टिमतर्फ बबिता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा छनोट भएका छन्।

छनोट समितिले  पुरुष र महिलातर्फ ५–५ जना बैकल्पिक खेलाडी समेत छनोट गरेको छ। महिलातर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधना बम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत छन् भने पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल रहेका छन्।

बन्द प्रशिक्षण अन्तर्गत पहिलो चरणमा २८–२८ जना र दोश्रो चरणमा २२–२२ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए। दोश्रो चरणको करिब एक महिनाको बन्द प्रशिक्षण पछि १६–१६ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।