शनिबार, साउन ३०, २०८३

डब्लुसीएल टी–२० क्रिकेट : काठमाडौंको पहिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) टी–२० क्रिकेट अन्तर्गत क्वाट क्विन्स काठमाडौंले पहिलो जित निकालेको छ। बिहीबार भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित निकालेको हो।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको पोखराले १६.५ ओभरमा सबै विकेछ गुमाउँद मात्र ७० रन बनाउन सक्यो। पोखराका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ तथा बिन्दु रावलले १३ रन जोडिन। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले समान दुई-दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो। काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित ८३ रनको अर्धशतकीय पारी खेलिन्। उनले ६७ बलको सामना गर्दै १४ चौका र २ छक्का प्रहार गरिन्। त्यस्तै रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन जोडिन। पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिए।

जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो। पोखराको यो पहिलो खेलमा पहिलो हार हो। 

प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छ भने उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १२५ सीसीको स्कुटर र ५० हजार पाउने छ। बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।