शनिबार, साउन ३०, २०८३

स्वदेश फर्किंदै नेपाली फुटबल टोली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - फिफा विश्वकप अन्तर्गत एसिया दोस्रो चरणको छनोट खेल्न जोर्डन पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्कदैछ। छनोट अन्तर्गत आफ्नो समूहको अवे खेल खेल्न अष्ट्रेलिया हुँदै जोर्डन पुगेको नेपाली टोली करिब दुई साता पछि नेपाल फर्किन लागेको हो।

अखिल नेपाल फुटबल संघ एन्फाले दिएको जानकारी अनुसार नेपाली टोली आज साँझ साढे ६ बजे नेपाल आइपुग्नेछ। एक साता अघि अष्ट्रेलियासँग भएको खेलमा नेपाल ५–० को फराकिलो अन्तरले पराजित भएको थियो। त्यसपछि जोर्डन पुगेको नेपाली टोलीले जोर्डनसँग ३–० को हार व्यहोरेको थियो।

छनोटको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले चाईनिज ताईपेलाई २–० ले पराजित गरेको थियो। समूह चरण अन्तर्गत चार अवे खेल खेलिसकेको नेपालले अब बाँकी खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्ने छ। 

छनोटको समूह ‘बी’ मा रहेको नेपाल ४ खेलमा ३ अंक जोड्दै चौथो स्थानमा रहेको छ। यस समूहमा ३ खेल खेलेको अष्ट्रेलिया अपराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।