मंगलबार, वैशाख ८, २०८३

राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ। नेपालमा नै आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि २२ सदस्यीय नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको हो।

बङ्गलादेशमा हुने सेन्ट्रल जोन आगामी कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ। नेपाली टोलीले थाइल्यान्डको बैंककस्थित एफआइभिवी डेभलपमेन्ट सेन्टरमा प्रशिक्षणका साथै सातभन्दा बढी अभ्यास खेल खेल्ने नेपाल भलिबल सङ्घले जनाएको छ।

नेपाली टोलीमा अरुणा शाही (कप्तान) कमला पुन, प्रतिभा माली, सरस्वती चौधरी, सङ्गम महतो, निरुता ठगुन्ना, रेश्मा भण्डारी, जानकी भण्डारी, उषा भण्डारी, लक्ष्मी (सोफिया) पुन, हिरा केसी, उषा विष्ट र शान्ति थारु छन्। त्यसैगरी पुनम चन्द, सुनिता खड्का, शान्ति तामाङ, सलिना श्रेष्ठ र आरती सुवेदी छिन्। टोलीको मुख्य प्रशिक्षकमा जगदिश भट्ट छन् भने प्रशिक्षकमा सलिना श्रेष्ठ र भरत यादव तथा टिम व्यवस्थापकमा रीता कोइराला छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।