शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुको निरन्तर ‘नजर’, ट्रमामा पनि वरीयता मिच्न चलखेल

नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुको निरन्तर ‘नजर’, ट्रमामा पनि वरीयता मिच्न चलखेल

यति बेला मुलुककै ठूलो र पुरानो चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा प्रधानमन्त्री पत्नी राणाले चासो देखाएपछि विवाद उत्पन्न भएको छ।
 |  सोमबार, भदौ १४, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, भदौ १४, २०७८

काठमाडौं– स्वास्थ्य क्षेत्रको नियुक्ति र सरुवामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले निरन्तर चलखेल गर्दै आएको पाइएको छ। देउवा प्रधानमन्त्री नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा भएका नियुक्ति आरजुकै दबाबमा हुँदै आएको छ भने पछिल्लो पटक उनले वरीयता मिच्न चलखेल गरेको भन्दै आलोचना हुन थालको छ। 

triton college

यति बेला मुलुककै ठूलो र पुरानो चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा प्रधानमन्त्री पत्नी राणाले चासो देखाएपछि विवाद उत्पन्न भएको छ। 

आरजुको दबाबमा कनिष्ठलाई मेसु नियुक्त गर्ने तयारी भएपछि अस्पतालका चिकित्सक विरोधमा उत्रिएका छन्। ११ औं तहका चिकित्सक कार्यरत हुँदाहुँदै १० औं तहका चिकित्सकलाई मेसु नियुक्त गर्न लागेको भन्दै वरिष्ठ चिकित्सकले विरोध गरेका हुन्।  

आरजुले १० औं तहका प्रमोद जोशीलाई मेसुमा नियुक्तका लागि दबाब दिएको अस्पतालका चिकित्सक बताउँछन्। यसअघि पनि आरजुको जोडबलमा स्वास्थ्य सेवा विभागमा वरिष्ठलाई लत्याउँदै कनिष्ठलाई जिम्मेवारी दिइएको छ।

हुन त ट्रमा सेन्टर तीन वर्षदेखि १० औं तहका चिकित्सकको नेतृत्वमा सञ्चालनमा छ। फेरि प्रधानमन्त्री पत्नी आरजुको दबाबमा १० औं तहका जोशीलाई नियुक्त गर्न लागिएको भन्दै वरिष्ठ चिकित्सकहरूले विरोध गरेका छन्। उनीहरूले वरिष्ठताका आधारमा मेसु नियुक्त गर्नुपर्ने भन्दै आइतबार प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र सचिवलाई ध्यानाकर्षण गराएका छन्। 

corrent noodles
Metro Mart
‘यसअघि अन्य संस्थामा जस्तै यहाँ पनि प्रधानमन्त्री पत्नी राणाको स्वार्थ देखियो’, ट्रमा अस्पतालका एक चिकित्सकले भने, ‘जसलाई नियुक्ति दिने तयारी भएको छ उहाँ आरजु म्यामको निर्वाचन क्षेत्र कैलालीका हुनुहुन्छ। तर चिनजानकै आधारमा कनिष्ठलाई जिम्मेवारी दिनु उचित छैन।’
नियुक्त गर्न लागिएका जोशी धनगढीको सेती प्रादेशिक अस्पतालबाट ९ महिनाअगाडि कान्ति बाल अस्पतालमा सरुवा भएर आएका थिए। उनी चार महिनाअगाडि मात्रै ट्रमामा पुगेका छन्। जोशी १० औं तहका अर्थोपेडिक सर्जन हुन्।

‘यसअघि अन्य संस्थामा जस्तै यहाँ पनि प्रधानमन्त्री पत्नी राणाको स्वार्थ देखियो’, ट्रमा अस्पतालका एक चिकित्सकले भने, ‘जसलाई नियुक्ति दिने तयारी भएको छ उहाँ आरजु म्यामको निर्वाचन क्षेत्र कैलालीका हुनुहुन्छ। तर चिनजानकै आधारमा कनिष्ठलाई जिम्मेवारी दिनु उचित छैन।’

वरिष्ठ चिकित्सकहरूले बुझाएको ज्ञापनपत्रमा प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिवलाई पत्र बुझाउँदै एक प्रकारको चेतावनी दिइएको छ। ध्यानाकर्षणपत्रमा ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनी, डा. ममता भट्टराई, डा. रूपेश यादव, डा. अभयकुमार पोखरेल, डा. शिलु श्रेष्ठ, डा. विनोद शेरचनको हस्ताक्षर छ। ज्ञापनपत्रमा ‘नेपाल सरकारअन्तर्गत रा.प्र.प्रथम श्रेणी (एघारौं तह) का चिकित्सक राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहँदा पनि दसौं तहका कनिष्ठ चिकित्सकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएकाले दैनिक कार्यमा कठिनाइ भइरहेको’ उल्लेख छ। 

११ औं तहका (प्रमेसु) को दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा अपमानित भएको पत्रमा उल्लेख छ। पत्रमा चिकित्सकले भनेका छन्, ‘नेपाल सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहीन भएको महसुस गरेका छौं।’ 

ट्रमाको मेसुका लागि नेपाल चिकित्सक संघका महासचिव बद्री रिजाल र ट्रमा सेन्टरका ११ औं तहका वरिष्ठ चिकित्सक रुद्र मरासिनी पनि आकांक्षी छन्। नियमानुसार डा. मरासिनी मेसुका लागि योग्य छन्। 

कांग्रेस निकट डा. रिजाल आईओएमका पूर्वस्ववियु सभापति हुन्। डा. मरासिनीले यसअगाडि पनि कोभि-१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको नियुक्तिपत्र पाएका थिए। तर खोसिएको थियो। जसले गर्दा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठमाथि मरासिनीलाई नियुक्त गर्र्ने दबाब छ।

साउन १८ मा ११ औं तहका चिकित्सक मरासिनीलाई प्रमुख बनाइएकोमा साउन १९ मा एकाएक बस्नेतलाई जिम्मेवारी दिइएको थियो। डा. मरासिनीको निर्णय भइसकेपछि रातारात १० औं तहका कनिष्ठ डा. भूपेन्द्र बस्नेतलाई प्रमुख बनाएर देउवा सरकारले वीरका वरिष्ठ चिकित्सकहरूको मनोबल गिराउने काम सरकारले गरेको छ। 

डा. बस्नेत यसअघि वीरको निर्देशक हुँदा खरिद गरिएका दुईवटा २२ करोडका इन्ट्रा ओपी सिटिस्क्यान मेसिन प्रयोगविहीन छ। महालेखाको वार्षिक प्रतिवेदन २०७८ ले पनि मेसिन किनेको वर्षौंसम्म पनि प्रयोगविहीन भएको तथ्य औंल्याएको छ।

डा. रिजाल भने ट्रमा सेन्टर प्रमुखका लागि आफूले दौडधुप नगरेको बताउँछन्। उनले नेपाल समयसँग भने, ‘मैले ट्रमा सेन्टरको प्रमुख हुनका लागि दौडधुप गरेको छैन। निर्देशकको जिम्मेवारीका लागि मलाई योग्य देखेर नै साथीहरुले शुभेच्छा जनाउनुभएको हो।’ जिम्मेवारी पाएमा त्यसलाई स्वीकार गर्ने उनी बताउँछन्।

उनी पनि वरिष्ठताका आधारमा नियुक्त हुनुपर्ने बताउँछन्। रिजाल भन्छन्, ‘ट्रमा सेन्टरमा ६ जना ११ औं तहका चिकित्सक छन्। यसअघिका दुई वटा नियुक्तिमा गल्ती भइसकेको छ। ११ औं तहका जो भए पनि मलाई आपत्ति छैन। तर सिस्टममा हुनुपर्छ।’

ट्रमा सेन्टरमा निर्देशकका रूपमा १० औं तहकै चिकित्सक सन्तोष पौडेलले नेतृत्व गरिरहेका छन्। निर्देशक डा. पौडेलकी पत्नी क्रान्ति बुर्लाकोटी माधवकुमार नेपाल निकट युवा संघको उपाध्यक्ष हुन्। बुर्लाकोटीकै जोडबलमा डा. पौडेल अस्पतालको निर्देशकमा रहेको ट्रमा सेन्टरका अधिकारीहरू बताउँछन्। केही अधिकारी भने अहिले माधवकुमार नेपाल सत्ता गठबन्धनका नेता भएकाले तत्काल ट्रमा सेन्टरको नेतृत्व परिवर्तन नहुने बताउँछन्।

अस्पतालका एक अधिकारी भन्छन्,  ‘माधकुमार नेपालले प्रधानमन्त्रीसँग यस विषयमा कुरा गरिसकेका छन्। त्यसैले तत्काल ट्रमाको नेतृत्व परिवर्तन हुने सम्भावना छैन। सन्तोष पौडेलले नै निरन्तरता दिनेछन्।’

शेरबहादुर देउवाले प्रधानमन्त्री भएको डेढ महिना बितिसक्दा पनि स्वास्थ्यमन्त्री नियुक्त गर्न सकेका छैनन्। उमेश श्रेष्ठलाई स्वास्थ्यराज्यमन्त्री नियुक्त गरी महत्त्वपूर्ण निर्णयहरू देउवा आफैंले गर्दै आएका छन्। त्यसैले पनि सरुवा र नियुक्तिमा भने प्रधानमन्त्री पत्नी आरजुले विशेष चासो दिने गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। 

हुन पनि डेढ महिनामा स्वास्थ्यका कर्मचारी सरुवा गर्नेभन्दा अन्य काम हुन सकेको छैन। आइतबार पनि स्वास्थ्यका १० जना अधिकारीहरूको सरुवा गरिएको छ।

प्रधानमन्त्रीले यसअघि गरेका दुई नियुक्तिमा पनि पत्नी आरजुकै स्वार्थ रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको दाबी छ। ती निर्णय विवादित बनिरहँदा फेरि अर्को निर्णय गर्न लागेको भन्दै देउवाको आलोचना भइरहेको छ। 

‘मेरो पनि चाहना सिनियरलाई नियुक्त गर्नुपर्छ भन्ने हो। म पनि सिस्टम बसाउन चाहन्छु, तर परिस्थिति कस्तो हुन्छ त्यो तपाईंहरूलाई पनि थाहा छ, सबै मेरो कन्ट्रोलमा छैन।’ 

प्रधानमन्त्री देउवाले यसअघि १२ औं तहको महानिर्देशक रहने स्वास्थ्य सेवा विभागबाट प्रमुख विशेषज्ञलाई हटाएर तीन महिनामा नै अवकाश पाउँदै गरेका एघारौं तहका आरपी बिच्छालाई नियुक्त गरेका थिए। त्यसअघि विभागका १२ औं तहका दीपेन्द्ररमण सिंह महानिर्देशक थिए। डा. बिच्छाभन्दा सिनियर १० जना हुँदाहुँदै उनले महानिर्देशकको भूमिका पाएका थिए। 

प्रधानमन्त्री देउवाले यसअघि गरेका यी दुई निर्णय विवादित भए पनि ट्रमा सेन्टरमा १० औं तहकै कर्मचारी नियुक्त गर्न सहज हुने स्वास्थ्यका कर्मचारी बताउँछन्। ट्रमा सेन्टरका एक चिकित्सक भन्छन्, ‘ट्रमा सेन्टरमा पनि वरिष्ठतालाई मिच्न सहज होस् भनेर अगाडिका नियुक्ति पनि मनोमानी ढंगले गरिएको हो, अब वरीयताकै आधारमा नियुक्त गर्छन् भन्नेमा शंका उब्जिएको छ।’ 

उसो त स्वास्थ्यराज्यमन्त्री श्रेष्ठ पनि मेसुमा वरिष्ठलाई नै नियुक्त गर्नुपर्ने पक्षमा छन्।  आइतबार ज्ञापनपत्र बुझाउन पुगेका एक चिकित्सकले राज्यमन्त्री श्रेष्ठलाई उधृत गर्दै भने, ‘मेरो पनि चाहना सिनियरलाई नियुक्त गर्नुपर्छ भन्ने हो। म पनि सिस्टम बसाउन चाहन्छु, तर परिस्थिति कस्तो हुन्छ त्यो तपाईंहरूलाई पनि थाहा छ, सबै मेरो कन्ट्रोलमा छैन।’ 

हाल स्वास्थ्य सेवा विभाग, वीर अस्पताल र ट्रमा सेन्टरमा आफूभन्दा कनिष्ठ व्यक्तिको नेतृत्वमा काम गर्नुपरेपछि सिनियरहरू कत्ति पनि खुसी छैनन्। सिनियरहरूले आफूलाई काम गर्न गाह्रो भएको बताउँछन्।

प्रकाशित: Aug 30, 2021| 15:23 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।