शनिबार, साउन ३०, २०८३

स्वीडेनसँग बराबरी खेल्दै स्पेन युरोकपमा छानियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेन युरोकप २०२० का लागि छनोट भएको छ।

मंगलबार राति भएको खेलमा स्वीडेनसँग १–१ गोलको बराबरीमा खेल्दै स्पेन समूह ‘एफ’ मा शीर्षस्थानमा रहँदै युरोकपमा छनोट हुन सफल भएको हो।

सुरुवती अग्रता भने स्वीडेनले लिएको थियो। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै स्वीडेनले खेलमा अग्रता लिएको हो। 

खेलको ५० औँ मिनेटमा मार्कुस वर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए। तर खेलको इन्जुरी समयमा स्पेनले बराबरी गोल फर्कायो। स्पेनका लागि रोड्रिगोले गोल गर्दै सम्भावित हार टारेका थिए। बराबरीपछि स्पेनको ८ खेलबाट २० अंक पुगेको छ। 

स्वीडेन १५ अंक जोडेर दोस्रो स्थानमा रहँदै छनोट नजिक छ। यही समूहको अर्को खेलमा रोमानिया र नर्वेले पनि १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। रोमानिया १४ अंक जोडेर तेस्रो तथा ११ अंक जोडेको नर्वे चौथो स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।